Comments Add Comment

पोचेटिनोको प्रशिक्षणमा पीएसजीको पहिलो जित

२६ पुस, काठमाडौं । माउरिसिओ पोचेटिनो प्रशिक्षक बनेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएजी) ले लिगमा पहिलो जित हात पारेको छ ।

शनिबार राति  भएको खेलमा पीएसजीले ब्रेस्टलाई ३-० ले पराजित गरेको हो । यसअघि पोचेटिनोको डेब्यु खेलमा पीएसजी सेन्ट एटिनेसँग बराबरीमा रोकिएको थियो ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफको अन्तिम १० मिनेटभित्र दुई गोल गरेको थियो ।

मोइस केनले १६औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

८१औं मिनेटमा माउरो इकार्डी र ८३औं मिनेटमा पाब्लो सराबियाले गोल गरेपछि पीएसजीले सहज जित हात पारेको हो ।

जितपछि पीएसजी दोस्रो स्थानम यथावत छ । शीर्ष स्थानमा रहेको लियोन रेन्ससंग २-२ को बराबरीमा रोकिएपछि पीएसजीले लियोनसंग अंकदूरी भने १ मा झारेको छ । दुई गोलल पछि परेको अस्थामा लियानले अन्तिम ११ मिनेटमा दुई गोल फर्काउँदै खेल बराबरी गर्न सफल भएको थियो । लियोनका लागि मेम्फिस डिपाए र जासोन नेडाएरले गोल गरे ।

१९ खेलबाट ४० अंकसहित लियोन शीर्ष स्थानमा छ । समान खेलबाट पीएसजीको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment