Comments Add Comment

नेपालका कुनै पनि खेलाडी पीएसएलमा छनोट भएनन्

२७ पुस, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ मा नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन् । लेगस्पीनर सन्दीप लामिछानेसहित नेपालबाट १० खेलाडी पीएसएलको ड्राफ्टमा समावेश भएका थिए ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमम थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसएलमा छनोट भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

ड्राफ्टपछि हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन् । त्यसअघि हरेक टिमले अघिल्लो सिजनबाट ८ खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो । जसमा पेशावर जाल्मीले ५ खेलाडी मात्र रिटेन गरेको थियो भने अन्य ५ टोलीले समान ८ खेलाडी रिटेन गरिसकेका थिए ।

पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment