Comments Add Comment

सुनचाँदी व्यवसायी महासंघमा मणिकरत्न शाक्य अध्यक्षमा निर्वाचित

२७ पुस, काठमाडौं । सर्वसम्मत ७७ सदस्सीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ बाषिर्क साधारणसभा एवं तेस्रो महाअधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइलीलाई निर्वाचित गरेको छ भने उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् ।

एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए । महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मालाई निर्वाचित भए ।

प्रवक्तामा मनोजकुमार शाह निर्वाचित भएका छन् भने सह-कोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित चयन भए । महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्था भए अहनुरुप यी सवै पदमा निर्विरोध पदाधिकारी चयन भएको निर्वाचन समितिले जनाएको  छ ।

साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गाबहादुर सुनार, महेन्द्ररत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल  रहेका छन् ।

यस्तै प्रस्तावित सचिवमा केशबहादुर सुनार तथा सह कोषाध्यक्षमा रमेश रसाइली रहेका छन् । विधान संशोधन पछि महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment