Comments Add Comment

सेरम इन्स्टिच्युटले भारत सरकारबाट पायो कोरोना खोप अर्डर

प्रतिखोप दुई सय भारु कायम

२७ पुस, काठमाडौं । भारतको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटलाई खोपको खरिदको अर्डर पठाएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटले सोमबार सरकारबाट अर्डर आएको पुष्टि गरेको हो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतमा अक्सफोर्डको कोरोना खोप प्रतिडोज दुईसय भारतीय रुपैयाँमा उपलब्ध हुनेछ । भारतमा आगामी शनिबारदेखि कोरोना खोप कार्यक्रम सुरु हुँदैछ । भारतका विभिन्न राज्यहरुले कोरोना खोप कार्यक्रम सुरु गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् ।

भारतले सेरम इन्स्टिच्युटले निर्माण गरेको कोरोना खोप कोभिशिल्ड र भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय समाचार समाचार एजेन्सी रोयटर्सले भने भारतले सेरम इन्स्टिच्युटसँग एक करोड १० लाख डोज कोरोना खोपको लागि खरिद सम्झौता गरेको उल्लेख गरेको छ । साथै सरकारले भारत बायोटेकसँग पनि खरिद सम्झौता गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment