+
+

एनएमबि लघुवित्तको २० प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १७:५५

२७ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न आठौं वाषिक साधारण सभाले १९ प्रतिशत बोनस र १ प्रतिशत (कर प्रयोगनका लागि) नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?