Comments Add Comment

खोप कार्यक्रमले पनि सन् २०२१ भित्र हर्ड इम्युनिटी विकास हुँदैन : डब्ल्यूएचओ

Photo Credit : Reuters

२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको हर्ड इम्युनिटी सन् २०२१ मा पनि विकास नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । हर्ड इम्युनिटी अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्था हो । अहिले धेरै मुलुकमा कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो ।

गत महिना बेलायत कोरोना खोप कार्यक्रम सुरु गर्ने पहिलो मुलुक बनेको थियो । त्यसयता अहिलेसम्म विश्वका ३० मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन भइसकेको छ । ‘सन् २०२१ मा हर्ड इम्युनिटी प्राप्त गर्ने दिशामा हामी छैनौं’, डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन् । उनले थपिन्, ‘केही मुलुकमा यो उपलब्धि हासिल भए पनि यसले संसारका अन्य मानिसहरु भने यसबाट सुरक्षित हुने छैनन् ।’

स्वामीनाथकले विश्वका सरकार र मानिसहरुले कोरोना संक्रमण नियन्त्रणका लगि आवश्यक पर्ने भौतिक दूरीलगायतका मापदण्डहरु पालना गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले एक वर्षभित्रै खोप विकासको क्षेत्रमा ठूलो प्रगति भएको पनि बताएकी छिन् । यद्यपि सबै मानिसमा खोप पुर्‍याउन भने समय लाग्ने उनको भनाइ छ ।

यसैबीच डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले वैज्ञानिकहरुले सबैभन्दा पहिला कोरोना भाइरस मानिसमा कसरी सर्‍यो भन्ने अनुसन्धान गर्न गइरहेको बताएका थिए । सोमबार चीनले बिहीबार डब्ल्यूएचओको टोली मुलुकमा आइपुग्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment