Comments Add Comment

३८१९ नमुना परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने १९५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment