Comments Add Comment

म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

५ माघ, काठमाडौं । जोन स्टोन्सले दुई गोल मद्दतमा क्रिस्टल प्यालसलाई सहजै पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगमा दवस्रो स्थानमा उक्लेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले प्यालेसलाई ४-० ले पराजित गरेको हो ।

एतिहाड स्टेडियममा पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो ।

खेलको २६औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा इकाए गुन्डागोनले अग्रता दोब्बर पारे । स्टोन्सले ६८औं मिनेटमा व्यक्तिगत दवस्रो गोल गर्दा सिटीले ३-० को अग्रता बनायो । यस्तै ८८औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

जितपछि १७ खेलबाट लेस्टर समान ३५ अंक जोडेको सिटी गोल अन्तरमा अघि रहँदै दोस्रो स्थानमा उक्लेको छ । १८ खेलबाट ३७ अंकसहित म्यानचेष्टर युनाइटेड शीर्ष स्थानमा छ । लेस्टर तस्रो स्थानमा र लिभरपुल चौथो स्थानमा झरेको छ ।

युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment