Comments Add Comment

गोरखाका एसपी गुरुङमाथि छानबिन सुरु

५ माघ, गोरखा । जुवातासको खालबाट बरामद रकम आफैंसँग राखेका जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङमाथि छानविन सुरु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी घनश्याम अर्यालले एसपी गुरुङमाथि छानबिन सुरु गरेको बताए ।  उनले भने, ‘दोषी ठहर भए कारवाही हुन्छ ।’

दसैंतिहारको समयमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र जौवारीले जुवाको खालबाट बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको एक लाख भन्दा बढी रकम राजस्वमा दाखिला नगरी एसपी गुरुङले आफैंसँग राखेका थिए ।

इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार र इलाका प्रहरी कार्यालय ठाटीपोखरीले करिव ५० हजार रकम जुवाको खालबाट बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए ।

दुई महिनापछि राजश्वमा जम्मा

जुवाको खालबाट बरामद रकम एसपी गुरुङले आफैं राखेको समाचार सार्वजनिक भएपछि भने उक्त रकम राजस्वमा जम्मा गरिएको छ । सोमबार प्रहरीले जिल्ला प्रशासन कार्यालयमा एक लाख ६१ हजार रुपैयाँ दाखिला गरेको छ ।

तिहारलगत्तै बरामद गरिएको उक्त रकम हालसम्म पनि राजश्वमा जम्मा भएको थिएन । प्रशासन कार्यालयलाई बुझाइएको उक्त रकम सोमवार राजश्वमा दाखिला गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment