Comments Add Comment

सिटिजन्सले ६ महिनामा कमायो ८७ करोड बढी मूनाफा, अन्य सूचक कस्ता छन् ?

८ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा सिटिजन्स बैंकले ८७ करोड रुपैयाँ भन्दा धेरै मूनाफा कमाएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ८७ करोड ९३ हजार ६ सय ७ रुपयाँ मूनाफा आर्जन गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको ६ महिनामा ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँ मूनाफा आर्जन गरेको हो । ६ महिनामा बैंकको खुद ब्याज आम्दानीमा पनि राम्रै सुधार भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बैंकको खुद ब्याज आम्दानी देखिएको छ ।

बैंकको अघिल्लो आर्थिक वर्षको ६ महिनामा ११ करोड ३ लाख रुपैयाँमात्रै खुद ब्याज आम्दानी थियो । एक वर्षको अवधीमा बैंकले १२ प्रतिशत भन्दा धेरैले ब्याज आम्दानी बढाएको हो ।

बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा पनि राम्रै सुधार गरेको छ । बैंकको निक्षेप १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको निस्कृय कर्जामा भने वृद्धि भएको छ ।

०.९९ प्रतिशत रहेको निस्कृय कर्जा बढेर २.४२ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७.८३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६.५५ र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बैंकको ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment