Comments Add Comment

रुकुम पश्चिमको राडी बजारमा जारी निषेधाज्ञा हट्इयो

८ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

आठबीसकोट नगरपालिका-९, राडी बजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याहृन १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासनले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो ।

अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment