Comments Add Comment

गायक ध्रुव केसीको निधन

८ माघ, काठमाडौं । गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो ।

३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता चर्चित गीतमा स्वर दिएका थिए ।

‘मायालु हजार हुन्छन्’ बोलको गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो ।

वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए ।

उनको परिवारमा तीन छोरी रहेका छन् । उनी नायक भुवन केसीका काका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment