Comments Add Comment

यी हुन् सबैभन्दा धेरै ट्राफिक जाम हुने विश्वका दशवटा सहर

विश्वभर बढ्दो सडक ट्राफिक जाम समस्या तथा चिन्ताको विषय बनिरहेको छ । सन् २०२०  मा सबैभन्दा धेरै ट्राफिक जाम रहेका विश्वका १० शीर्ष सहरहरुको सूची सार्वजनिक भएको छ । टमटम ट्राफिक इन्डेक्सले विश्वका ५७ देशका ४ सय १६ देशमा गरेको अध्ययन अनुसार सबैभन्दा उच्च सडक ट्राफिक रहेका विश्वका टपटेन सहर यस्ता छन्ः

१. बैंगलोर : भारतको दक्षिणी सहर बैंगलोरले विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको ताज पहिरिएको छ । टमटम इन्डेक्सका अनुसार बैंगलोरका सडकमा गाडी चलाउँदा चालकहरुले ट्राफिक जामका कारण सामान्य भन्दा थप ७१ प्रतिशत अतिरिक्त समय सडकमा खर्चिनु पर्दछ ।

२. मनिला : फिलिपिन्सको राजधानी मनिला विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको दोश्रो स्थानमा छ । यहाँ पनि सडकमा जामका कारण सामान्य भन्दा ७१ प्रतिशत बढि समय खर्चिनु पर्दछ ।

३. बोगोटा : दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटा यो सूचिमा तेश्रो स्थानमा रहेको छ । जामका कारण सडकमा यात्राका क्रममा थप ६८ प्रतिशत समय खर्च हुने गरेको छ त्यहाँ ।

४. मुम्बइ : छिमेकी मुलुक भारतकै अर्को सहर मुम्बइ विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको चौथो नम्बरमा रहेको छ । त्यहाँ सडकमा ट्राफिका कारण यात्रुहरुले थप ६५ प्रतिशत समय खर्च गर्नु पर्दछ ।

५. पुने : भारतको अर्को सहर पुने यो सूचिमा पाँचौ स्थानमा रहेको छ । जहाँ सडकमा जामका कारण थप ५९ प्रतिशत समय खर्च हुन्छ ।

६. मस्को : रुसको राजधानी मस्को विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको छैटौँ स्थानमा रहेको छ । जहाँ सडकमा जामका कारण थप ५९ प्रतिशत समय खर्च हुन्छ ।

७. लिमा : पेरुको राजधानी लिमा सातौँ स्थानमा रहेको छ जहाँ जामका कारण थप ५७ प्रतिशत समय खर्च हुन्छ ।

८. नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्ली विश्वमा सबैभन्दा धेरै ट्राफिक जाम हुने सहरको सूचिमा आठौँ स्थानमा रहेको छ ।

९. इस्तानबुल : विश्वमा सर्वाधिक ट्राफिक जाम हुने सहरको सूचिमा नबौँ स्थानमा टर्कीको राजधानी इस्तानबुल रहेको छ । जहाँ सडकको ट्राफिक जामले थप ५५ प्रतिशत समय खाइदिन्छ ।

१०. जकार्ता : इण्डोनेसियाको राजधानी जकार्ता विश्वमा सर्वाधिक ट्राफिक जाम भएका टपटेन सहरभित्र पर्न सफल भएको छ । जकार्ताबासीले त्यहाँको ट्राफिक जामका कारण सडकमा यात्रा गर्दा सामान्य समयभन्दा थप ५३ प्रतिशत समय खर्च गर्नु पर्दछ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment