Comments Add Comment

थाई रेष्टुरेन्टमा गाँजाका परिकार

 

लागु औषधप्रति थाइल्याण्डले सख्त नीति अख्तियार गर्ने गरेको छ । तर त्यहीँ थाइल्याण्डको एक रेष्टुरेन्टमा चाहीँ गाँजाका परिकार खान पाउँछन् पाहुनाहरुले ।

गिग्लिङ ब्रेडदेखि व्यथागथि डान्सिङ सलाद लगायतका नामका विभिन्न गाँजा मिश्रति खानेकुराहरु मार्फत् सो रेष्टुरेन्टले विदेशी पर्यटकहरु आकषिर्त गर्ने प्रयास गरिरहेकेा छ ।

थाइल्याण्डले हालै गाँजालाई कडा लागू औषधको सूचीबाट हटाएसँगै प्राचिन बुरीस्थित चाओ फ्या अभाइभुबेझर अस्पतालको रेष्टुरेन्टले यो महिनाबाट गाँजा मिश्रति परिकार पकाउन थालेको हो । नयाँ नियम अनुसार अब थाइल्याण्डमा सरकारबाट अनुमति लिएका कम्पनीहरुले गाँजाको खेति गर्न सक्दछन् ।

अस्पतालको गाँजा परिकार परियोजनाका प्रमुख पाकाक्रोंग क्वानाको भन्छन्, गाँजाका पातहरु खानेकुरा अलिकति मात्र मिसाउँदा पनि बिरामीलाई रोग छिटै निको हुन सहयोग गर्दछ ।

गाँजाको पातले खाना अरुची हुने समस्या हटाउने, भोक जगाउनुका साथै मूड खराब हुने र निद्रा नलाग्ने जस्ता समस्याको समेत समाधान गर्ने उनको दाबी छ ।

स्मरण रहोस् विरामीमा सरीरको दुखाई तथा थकान कम गर्नका लागि गाँजाको उपयोगिताका सन्दर्भमा उक्त अस्पतालले थाइल्याण्डमा सुरुदेखि नै अनुसन्धान गर्दै आएको छ ।

स्मरण रहोस् थाइल्याण्डले सन् २०१७ मा दक्षिण पूर्वी एसियामा पहिलोपटक चिकित्सा प्रयोगका लागि गाँजा खुल्ला गरेको थियो । त्यसयता थाइल्याण्डमा थुप्रै गाँजा चिकित्सा क्लिनिकहरु खुलेका छन् ।

हाल अस्पतालभित्रको रेष्टुरेन्टले सुरु गरेको गाँजा मिश्रति परिकारहरुमा गाँजाका पात मिसाइएको सुँगुरको मासुको सुप, गाँजाका पात र पोर्क सहितको डिप फ्राइड ब्रेड, गाँजाको पातको कुरुम कुरुम सलाद सँगै पिँधेको सुँगुरको मासु लगायतका छन् ।

उक्त रेष्टुरेन्टमा गाँजाका पात मिश्रित परिकार खाएर फर्किनेहरुले गाँजाका पात खाने बेलामा अन्य तरकारी जस्तै लाग्ने भए खाइसकेपछि छुट्टै अनुभुति हुने बताउँछन् ।

थाइल्याण्डका शिक्षा उपमन्त्री कानोक्वान भिलावान चाहीँ निकट भविष्यमै अन्तराष्टिय स्तरमा स्थापित थाई परिकारहरुमा गाँजाका पात मिसाएर यसैगरी पूराउने योजना रहेको बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment