Comments Add Comment

नेप्सेको स्पष्टीकरणपछि घट्यो एनसीसी बैंककाे सेयर मूल्य

एनसीसी बैंकले भन्यो– मर्जर सम्बन्धी कुनै छलफल तथा निर्णय भएको छैन

१२ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जर सम्बन्धी कुनै निर्णय नभएको प्रष्टीकरण दिएको छ । आइतबार बैंकको एनसीसीको सेयर मूल्य अस्वभाविक रुपले बढेको थियो । सेयर मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो ।

नेप्सलेलाई सोमबार जवाफ पठाउँदै एनसीसी बैंकले मर्जर स्म्बन्धी कुनै छलफल तथा निर्णय नभएको बताएको छ । साधारणसभाले उपर्युक्त बैंक भेटे मर्जरका लागि छलफल गर्न सञ्चालक समितिलाई अख्तियार दिएको जानकारी दिदै सेयर मूल्यमा असर पर्ने तत्कालै कुनै केहि निर्णय नभएको बैंकले जनाएको छ ।

गत ९ गते बसेको बैंकको साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०५ नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । त्यसयता सेयर मूल्य बढ्न सक्ने कुनै निर्णय नभएको बैंकले बताएको छ ।

आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको थियो । एकैदिन १० प्रतिशतले बढ्ने वा घट्ने भए सर्किट ब्रेक लाग्छ । आइतबार एनसीसी बैंकको ९.९७ प्रतिशतले सेयर मूल्य बढेर ३ सय ६४ रुपैयाँ पुगेको थियो । यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टीकरण सोधेको हो ।

यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको नेप्सेले जनाएको छ । नेप्सेको स्पष्टिकरण पछि सोमबार भने यस बैंकको सेयर मूल्य घटेको छ । सोमबार यस बैंकको सेयर ८ रुपैयाँले घटेर ३५६ रुपैयाँमा झरेको छ ।

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले उकालो लागेको छ । बैंकिङ परिसूचकमात्रै पनि २४ अंक बढीले उकालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।

नेप्से परिसूचक १६.०४ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगेको छ । यो हाल सम्मकै उच्च हो । कारोबार रकम भने ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँ माथि पुगेको छ ।

समग्रमा बजार बढेपनि अधिकांश समूहरु भने घटेका छन् । बैंकिङ, व्यापार लगायतका समूह बढेर हरियाली हुँदा अन्य समूह भने घटेर राताम्मे देखिएका छन् ।

हेर्नुस् बैंकले नेप्सेलाई बुझाएको स्पष्टिकरणः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment