Comments Add Comment

यी हुन् संसारकै धनी खेलाडी, जसले सुनको कपमा चिया खान्छन्

दुनियाँमा केही धनाढ्यहरु यस्ता हुन्छन् कि उनीहरुले आफूसँग भएको पैसा पानी सरह बगाउँछन् ।

संसारमा एकजना यस्ता खेलाडी छन् जो संसारकै सबैभन्दा धनी खेलाडी हुन् । उनले आफ्ना साथीहरुका लागि अरबौँ रुपैयाँ खर्च गर्दछन् । रोचक त के भने उनको घरमा ट्रकमा हालेर पैसाका नोट ल्याइन्छ ।

ती धनाढ्य मनकारी खेलाडीको नाम हो फ्लयड मेभेदर । उनी अमेरिकाका पूर्वबक्सिंग खेलाडी हुन् । उनीसँग करिब ६४ अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ ।

उनी धनप्रति यतिधेरै आशक्त छन् कि कहिलेकाहीँ उनी नोट बिछ्याएर सुत्दछन् । उनको आसपासमा हरेक पटक करोडौँ रुपैयाँका नोट यत्रतत्र छरिएका हुन्छन् । उनले आफ्ना साथीभाइसँग पार्टीमा करोडौँ खर्च गर्दछन् । यतिमात्र होइन उनको घरमा नोट भरेर ट्रक ल्याइन्छ । कहिलेकाहीँ त बैंकहरु स्वयं उनको घरमा आउँछन् ।

एक रिपोर्टअनुसार मेभेदरले आफ्नो बक्सिंग करिअरमा कैयन् प्रतिस्पर्धामा भाग लिए र १५ वटा अन्तर्राष्ट्रिय उपाधि जिते ।

उनले आफ्नो अन्तिम प्रतिस्पर्धा सन् २०१७ मा खेलेका थिए । त्यो संसारकै सबैभन्दा महंगो प्रतिस्पर्धा भएको बताइन्छ ।

त्यसमा अर्बौँ रुपैयाँ बराबरको रकम बाजी थापिएको थियो । उक्त प्रतिस्पर्धा जितेर उनले झण्डै ३० अर्ब रुपैयाँ बराबरको रकम जिते ।

सोसल मिडियामा उनका कैयन् भिडियोहरु भाइरल हुने गरेका छन् । एउटा भिडियोमा उनले सुनको ठूलो कपमा केही पेय पदार्थ पिइरहेको देखिन्छ । उनी आफ्नो हात तथा गलामा सुन तथा हिरा जस्ता बहुमूल्य गहना लगाउँदछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment