Comments Add Comment

गर्मीयामसम्म अधिकांश नागरिकमा कोरोना खोप पुर्‍याउने बाइडनको लक्ष्य

१४ माघ, काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडनले गर्मीयामसम्म अधिकांश अमेरिकी नागरिकलाई खोप लगाउन पर्याप्त हुने हुने गरी खोप खरिद गर्न लागिएको बताएका हुन् । यद्यपि बाइडनले कोरोना महामारीको अवस्था अझै खराब हुन सक्ने भन्दै सबैलाई आवश्यक मापदण्ड पालना गर्न सुझाव दिएका छन् ।

अमेरिकाले अब खरिद गरिने कोरोना खोपमध्ये १० करोड डोज खोप फाइजर र बायोएनटेक तथा बाँकी १० करोड मोडर्ना कम्पनीबाट खरिद गर्नेछ । आगामी गर्मीयामसम्म अमेरिकामा ६० करोड डोज अर्थात् ३० करोड मानिसहरुलाई कोरोना खोप दिइने लक्ष्य छ । यसअघि अमेरिकाले गर्मीयामसम्म ४० करोड डोज कोरोना खोप दिने लक्ष्य राखेको थियो ।

अहिलेसम्म अमेरिकामा बालबालिकालाई भने कोरोना खोप लगाउन अनुमति दिइएको छैन । फाइजरले अमेरिकाले माग गरेको अवस्थामा थप डोज खोप उपलब्ध गराउन तयार रहेको बताइसकेको छ भने मोडेर्नाले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

त्यस्तै बाइडनले कोरोना खोप कार्यक्रमलाई पनि तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment