Comments Add Comment

नोभाभ्याक्सको कोरोना खोप ८९ प्रतिशत प्रभावकारी

Photo Credit : REUTERS

१६ माघ, काठमाडौं । अमेरिकी खोप निर्माता नोभाभ्याक्सले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण नियन्त्रणमा ८९.३ प्रतिशत प्रभावकारी पाइएको छ । बीबीसीका अनुसार बेलायतमा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त खोप कोरोनाको नयाँ प्रकार (भेरियन्ट)का लागि पनि प्रभावकारी पाइएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नोभाभ्याक्सको कोरोना खोप प्रभावकारी देखिनु ‘सुखद् समाचार’ रहेको बताए । बेलायतले नोभाभ्याक्सको ६ करोड डोज खोप खरिदको सम्झौता गरिसकेको छ । यो खोपले बेलायतमा अनुमति पाए सम्झौताअनुसारको खोप सन् २०२१ को अन्तिम जुलाईपछि उपलब्ध हुनेछ । अहिलेसम्म बेलायतले फाइजर र बायोएनटेक, अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका साथै मोडेर्नाले बनाएको सहित तीन कोरोना खोपलाई अनुमति दिइसकेको छ ।

बेलायतमा गरिएको नोभाभ्याक्सको तेस्रो चरणको क्लिनिकल परीक्षणमा १८ देखि ८४ वर्ष उमेर समूहका १५ हजारभन्दा धेरै मानिसहरु सहभागी थिए । जसमध्ये २७ प्रतिशत ६५ वर्षभन्दा माथि उमेर समूहका मानिसहरु थिए । यो खोपको दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा भने यो खोप एचआईभी नभएका मानिसहरुमा ६० प्रतिशत प्रभावकारी पाइएको थियो । बेलायतमा अहिलेसम्म ७४ लाखभन्दा धेरै मानिसले कोरोना खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment