Comments Add Comment

रेजिना र राजवीरको ‘कसिङ्गर’ युटुबमा रिलिज

कलाकारद्धय रेजिना उप्रेती र राजवीर पटेलको मुख्य भूमिका रहेको चलचित्र ‘कसिङ्गर’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र हलमा रिलिज नगरी सिधै युटुबमा रिलिज गरिएको हो ।

धौलाश्री फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा ओम क्षेत्री, सुशिल पोखरेल, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुवास नेपाली लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा राजवीरकै कथा, पटकथा तथा निर्देशन छ । चलचित्रमा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको एक्सन, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी छ ।

राजवीर पटेल प्रस्तुतकर्ता रहेको चलचित्रमा जगत पटेल कार्यकारी निर्माता र भीमराज पटेल सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment