Comments Add Comment

दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युटुब ट्रेन्डिङको पहिलो नम्बरमा ‘आमा’

गतबर्षको फागुण ९ गते रिलिज भएको चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भयो । सार्वजनिक भएको ३ दिनमा यो चलचित्रलाई १६ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ । चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय छ ।

५३ हजार भन्दा बढी दर्शकले चलचित्रलाई लाइक गरेका छन् । ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा गरेका छन् । नेपालमा रिलिज भएपनि कोरोना कारण विदेशमा यो चलचित्र रिलिज हुन सकेको थिएन । यसैले, विदेशबाट चलचित्र हेर्ने अधिकांश दर्शकले यो चलचित्रलाई आफ्नै कथा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment