Comments Add Comment

सीमा क्षेत्रमा बाढी व्यवस्थापनसहितका कार्यक्रममा साढे ३ अर्ब भारु खर्चिँदै भारत

१९ माघ, काठमाडौं । नेपालसँग सीमाना जोडिएको कोशी र गण्डक क्षेत्रमा खर्च गर्ने गरी आर्थिक वर्ष २०२१/२२ का लागि भारतले साढे ३ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । यो बजेट चालु आवको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

भारतमा आज केन्दि्रय बजेट सार्वजनिक भएको छ । जसअनुसार भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा समेत वृद्धि गरेको छ ।

यसबाहेक सीमा क्षेत्रमा गर्ने खर्चमा समेत भारतले  वृद्धि गरेको हो । आव २०२१-२२ मा बाढी व्यवस्थापन तथा बोर्डर एरिया प्रोग्राम (एफएमबीएपी)का लागि भारतले ३ अर्ब ४२ करोड भारु (५ अर्ब ४७ करोड नेपाली रुपैयाँ) छुट्याएको छ ।

चालु आवमा भारतले यस कार्यक्रमका लागि मात्र १ अर्ब १५ करोड भारु विनियोजन गरेको थियो । तर, त्यसको अघिल्लो आव २०१९-२० मा भने यो कार्यक्रमका लागि मात्र ६ अर्ब ३५ करोड भारु बजेट विनियोजन भएको थियो ।

भारतीय वित्त मन्त्रालयका अनुसार यसरी विनियोजन भएको बजेट नेपालको सीमाना जोडिएको कोशी र गण्डक नदी क्षेत्रमा खर्च हुने छ । यो रकम बाढी नियन्त्रण, जलविज्ञान सम्बन्धी काम, कटान नियन्त्रणजस्ता परियोजनाका लागि खर्च हुने छ । नेपाल-भारत सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाउने कतिपय पूर्वाधारका कारण दुई मुलुकबीच बेला बेला विवाद समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment