Comments Add Comment

४१४५ नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना संक्रमण पुष्टि

१९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार ४८९ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment