Comments Add Comment
सं‌सद विघटन :

सरकारको प्रतिरक्षामा यस्तो छ १० सरकारी वकिलको तयारी

१९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजालसमा सोमवारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।

सोमबार महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरे । उनको बहस मंगलबार पनि जारी रहनेछ । सोमबार बहसका क्रममा महान्यायाधिवक्ता खरेलले सरकारको प्रतिरक्षाका लागि १० जना सरकारी वकिल र प्रधानमन्त्रीको निर्णयको प्रतिरक्षाका लागि केही निजी कानुन व्यवसायीले बहस गर्ने जानकारी दिए ।

उनले १० जना सरकारी वकिलले १० वटा विषयमा बहस गर्ने भन्दै ती विषयबारे जानकारी गराए ।

कुन विषयमा कसले गर्छन् बहस ?

१. नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय : प्रधानमन्त्रीको विशेषाधिकार के हो ? संसदीय शासन प्रणाली भएका देशहरुको अभ्यास कस्तो छ ?

२. नायब महान्याधिवक्ता नारायणप्रसाद पौडेलले : संविधानको धारा ७६ र ८५ को अन्तरसम्बन्ध संविधानका अरु व्यवस्थाहरुको विश्लेषण ।

३. नायब महान्याधिवक्ता विश्वराज कोइराला : संसद विघटन राजनीतिक प्रश्न हो । राजनीतिक प्रश्न अदालतले किन हेर्न मिल्दैन ?

४. नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे : संसद विघटनको अन्तर्राष्ट्रिय अभ्यास ।

५. सहन्यायाधिवक्ता श्याम भट्टराई : प्रधानमन्त्रीको विघटनको अधिकार र संसदीय अभ्यास । नेपालको विगतको अभ्यास कस्तो छ ?

६. सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी : विगतका संसद विघटनसम्बन्धी मुद्धाको फैसलाको अध्ययन र प्रतिपादित सिद्धान्तको ब्याख्या ।

७. सहन्यायाधिवक्ता लोकराज पराजुली : सफा हातको सिद्धान्त (निवेदक सफा हात (निष्पक्ष) लिएर आउनुपर्छ भन्ने हुन्छ । तर, प्रतिनिधिसभा विघटनविरुद्धका निवेदकहरु सफा हात लिएर आएका छैनन् । निवेदकहरु पूर्वाग्रही छन् भन्नेमा केन्द्रित)

८. सहन्यायाधिवक्ता खेमराज ज्ञवाली : राष्ट्रपतिको कार्य संवैधानिक छ कि छैन ?

९. सहन्यायधिवक्ता उद्धव प्रसाद पुडासैनी : संसदीय दल समग्रमा एउटै हुन्छ र छ । नेकपाको संसदीय दल टुटेको छैन भनेर ब्याख्या गर्ने ।

१०. उपन्यायाधिवक्ता दशरथ पंगेनी : संसद विघटन गर्ने प्रधानमन्त्रीको दुरासयपूर्ण काम होइन भनी ब्याख्या गर्ने ।

सरकारतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि सभामुखका तर्फबाट छुट्टै कानुनी प्रतिरक्षा हुनेछ ।

त्यसपछि रिट निवेदकहरुले सरकारी पक्षले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । रिट निवेदकले जवाफ दिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) ले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment