Comments Add Comment

सुनको जलहरिबारे प्रधानमन्त्रीले भने – नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् ।

प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको थियो, जसको आलोचना भइरहेको छ ।

विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि देखाउन सुनको जलहरि बनाएको बताएका छन् भने कतिपयले आम विश्वास विपरीत भएको बताएका छन् ।

तर प्रधानमन्त्री ओलीले भने नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताएका छन् ।

सोमबार ढल्केबरमा सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईंको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ ।’

उनले अघि भने, नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।’

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment