Comments Add Comment

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२० माघ, काठमाडौं । झापामा बसको ठक्करबाट मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका ३२ वर्षीय सागर मिश्र रहेका छन् ।

झापाको बिर्तामोडनगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस तथा बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment