Comments Add Comment

जोर्डनबाट ‘मेगा रेमिट’ सेवा

२७ माघ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवालाई विस्तार गरेको छ ।

जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा बैंकका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment