Comments Add Comment

अक्सफोर्डको कोरोना खोप सबै वयस्कले लगाउन डब्ल्यूएचओको सिफारिस

२९ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप सबै वयस्क मानिसले लगाउन सिफारिस गरेको छ ।

डब्ल्यूएचओको खोपबारे रणनीतिक परामर्शदाता समूहले सबै मुलुकमा १८ वर्षभन्दा बढी उमेरका मानिसहरुले यो खोप लगाउँदा कुनै जोखिम नभएको बताएको छ । दक्षिण अफ्रिकाजस्ता मुलुकका नागरिकहरुले पनि यो खोप लगाउनुपर्ने विज्ञहरुले बताएका छन् । यसअघि दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)मा प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकाले तत्कालका लागि खोपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

फ्रान्सलगायतका अन्य केही मुलुकले पनि आफ्नो मुलुकमा यो खोप लगाउन युवाहरुलाई रोक लगाएका छन् । उनीहरुले युवाहरुमा खोपको प्रभावकारिता परीक्षण नभएको बताएका छन् । डब्ल्यूएचओका विशेषज्ञहरुले बुधबार यो खोप प्रयोग गर्नु उचित भए पनि सबै मुलुकले सोही खोप प्रयोग गर्नुपर्छ भन्ने केही नरहेको पनि स्पष्ट पारेका छन् ।

डब्ल्यूएचओका विशेषज्ञहरुले अक्सफोर्डको कोरोना खोप वृद्ध मानिसहरुको लागि पनि अन्य मानिसहरुलाई जत्तिकै प्रभावकारी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment