Comments Add Comment

‘नोभेम्बर रेन’को सिक्वेल बन्ने, अनमोललाई अफर

निर्माता सुवास गिरीले चलचित्र ‘नोभेम्बर रेन’को सिरिजको तयारी गरेका छन् । ‘नोभेम्बर रेन २’ नाम राखेर सुवास इन्टरटेन्मेन्टले यो चलचित्र बनाउनेछ ।

चलचित्र ‘नोभेम्बर रेन’लाई दिनेश राउतले निर्देशन गरेका थिए । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका थियो । चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

हिट चलचित्रको सिरिज वा सिक्वेल बनाउने क्रम बढिरहेको समयमा सुवासले पनि चलचित्र निर्माण गर्न लागेका हुन् । पछिल्लो चलचित्र ‘कृ’ निर्माणपछि सुवासले नयाँ चलचित्र बनाएका छैनन् ।

चलचित्र ‘नोभेम्बर रेन २’का लागि नायक अनमोल केसीलाई अफर गरिएको छ । नायक केसीले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रका लागि कुरा भएको बताए । उनले भने–‘सुवास दाइसँग शनिबार बेलुका चलचित्रको बिषयमा कुरा भएको हो । कथा राम्रो भयो भने मैले गर्ने सोच बनाएको छु ।’

यसअघि सुवाससँग चलचित्र ‘कृ’मा काम गरेकाले पनि अनमोल उनीसँग फेरि सहकार्य गर्न उत्साहित रहेको बताउँछन् । उनले भने–‘एकजना राम्रो निर्मातासँग काम गर्न हरेक कलाकारलाई मन लाग्छ । सुवास दाइसँग पनि सहकार्य गर्ने बिषयमा कुरा भैरहेको थियो । हेरौ, नोभेम्बर रेन २ ले त्यो अवसर जुटाउन सक्छ ।’

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकाएर होम प्रोडक्शनको चलचित्र ‘पारस’मा काम गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment