Comments Add Comment

एलजीको वासर ड्रायर वासिङ मेसिन बजारमा

३ फागुन, काठमाडौं । एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ मेसिन ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । एलजीका विभिन्न मोडेलका वासिड्ड मेसिन रहेको छ। जसमध्ये केही मोडेलहरुमा ८ देखि १८ के. जी. सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० के. जी. सम्मको लुगा शत प्रतिशत केही समयमै सुकाउने सुविधा रहेको छ ।

यस वासिड्ड मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने,एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिन्छ। साथै एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिने कम्पनीले बताएको ।

यस मेसिनका मूख्य विशेषताहरु भनेको एआईडीडी–एआईडीडीले कपडाको किसिम, तौल साथ–साथै कोमलता पता लगाई कपडाको लागि आफै उच्चतम धुने तरिका निर्वाह गर्छ । जसले गर्दा कपडाको धुलाई राम्रो हुनुको साथै कपडालाई लामो समय सम्म बचाउछ ।

अत्याधुनिक टेकनोलोजीले गर्दा सुकाउने क्षमता राम्रो हुनुको साथै बिजुली, पानी र समयको बचत गर्दछ । साथै यसले कम तापक्रममा कपडा सुकाउने हुनाले नाजुक कपडालाई पनि उतिकै हेरचाह गर्ने कम्पनीले बताएको छ ।

यसैगरी यहाँ प्रयोग हुने टेक्नोलोजीको वाफले कपडाको किसिमलाई मुलायम बनाउनुको साथ–साथै ९९.९ ५ सम्म कितानु रहित बनाउने र यस टेकनोलोजिले कपडालाई ३९ मिनेटमा धुन्छ जसले तपाइको पानी, बिजुली र समयको बचत गर्दछ । यसैगरी यस मेसिनलाई वाईफाईको मदतबाट जताबाट पनि चलाउन सकिने छ भने मेसिनमा १० वर्षको वारेन्टी नि रहेकाछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment