Comments Add Comment

सिप्रदीको सर्टिफाइड ग्यारेज अब काठमाडौँ जोरपाटीमा पनि

३ फागुन, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यताप्रदान गरेको छ भने चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ ।

टाटा मोर्टसकाग्राहकहरुलाई सहजरुपमा गाडी मर्मत तथा सर्भिसिङ्ग सुविधाप्रदान गर्ने उदेश्यले सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले काठमाडौँको जोरपाटीस्थित सज्जन अटो वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यताप्रदान गरेको छ । २०७७ माघ ३० गते सिप्रदीकाचिफ मेनेजर जयन बाबु डंगोल तथा अरुण कुमार शाहले संयुक्तरुपमावर्कशपको उद्घाटन गरेका थिए ।

ग्राहकहरुले टाटाका एस, पिकअपतथाविङ्गर सेग्मेन्टका गाडीहरुको सर्भिसिङ्गतथा मर्मतका सेवाहरु त्यस वर्कशपबाट प्राप्त गर्न सक्नेछन् । उक्तवर्कशपमा टाटा योद्धाका ग्राहकहरुलाई निःशुल्क १४ प्वाइन्ट् चेक अप, ब्रेकडाउन एसिस्टेन्स आदि सेवातथा सुविधाहरुको साथमाशनिवार पनिदिउसो १ः०० बजे सम्म वर्कशपखुल्ला रहने छ ।

त्यसै गरी काठमाडौँको चाबहिलमा रहेको अर्को सर्टिफाइड ग्यारेज संगमश्री अटो वर्कशपले पनिग्राहकहरुलाई प्रदानगर्दै आइरहेको सेवा सुविधाहरुमाविस्तार गरेको छ । टाटा योद्धाका ग्राहकहरुलाई उच्च गुणस्तरको सेवाप्रदान गर्ने उदेश्यले टाटा योद्धा गाडीहरुको सर्भिस तथा मर्मत कार्यको लागि टाटा योद्धा एक्सप्रेस सुविधाको शुभारम्भ गरेको छ ।

जस अन्तर्गत टाटा योद्धा गाडीहरुको निःशुल्क १४ प्वाइन्ट् चेक अप, ४८ घण्टाभित्र टाटा योद्धा गाडी नबनेमा ग्राहकहरुलाई क्षतिपूर्तिको व्यवस्था, समायोजिततथा सस्तो मूल्यमा टाटा योद्धा गाडीहरुको स्पेयर पार्टस् उपलब्धताको साथमाशनिवार पनिवर्कशपखुल्ला रहने सेवातथा सुविधाहरु रहेका छन् ।

टाटा मोर्टस कमर्शियल गाडीको ग्राहक सेवाअन्तर्गतका कन्ट्रि मेनेजर समान्य दास तथा टाटा मोर्टस कमर्शियल भेइकल सेल्स का तुसार गुप्ताले संयुक्तरुपमाउक्त सेवातथा सुविधाहरुको शुभारम्भ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment