Comments Add Comment

एलिजाको ठाउँमा लक्ष्मीलाई अनुवन्धित गर्दै ‘घिन्ताङ’को शुभसाइत

निर्देशक दीपक श्रेष्ठले चलचित्र ‘घिन्ताङ’को शुभमुहुर्त गरेका छन् । सरस्वती पूजाको अवसर पारेर आज बिहान काठमाण्डौको कमलादीमा अवस्थित गणेश मन्दिरमा यो चलचित्रको शुभसाइत गरिएको हो ।

यो चलचित्रमा नायक गौरव पहारीको मुख्य भूमिका रहनेछ । चलचित्रमा नायिका एलिजा गौतम मुख्य भूमिकामा रहनेगरि अनुवन्धित भएकी थिइन् । तर, उनले चलचित्र छाडिन् । उनले छाडेपछि लक्ष्मी बर्देवालाई अनुवन्धित गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।

यो चलचित्रले अन्तरजातिय प्रेम बिबाहको कथालाई भन्नेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मुल्य’ कथामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको हो । आफूले यसअघि बनाएका २ दर्जन बढी चलचित्रको कथा भन्दा विल्कुल फरक कथामा चलचित्र बनाउन लागेको दीपकले सुनाए ।

उनले, वर्तमान समाजका लागि प्रतिकको रुपमा यो चलचित्र बन्ने पनि बताए । नायिका लक्ष्मी वर्देवाले चलचित्रको कथा पढेपछि काम गर्नका लागि निकै नै उत्साहित रहेको बताइन् । उनले, काम देखाउने अभिलासा बोकेर नै आफूले यो चलचित्र साइन गरेको बताइन् ।

नायक गौरव पहाडीले चलचित्रको कथावस्तु अनुसार आफ्नो भूमिका निकै नै चुनौतीपूर्ण रहेको सुनाए । काठमाण्डौ र चित्लाङमा यो चलचित्रको छायांकन हुनेछ । चलचित्रको प्रस्तुतकर्ता राज लामा हुन् ।

 

तस्वीरः नविन कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment