Comments Add Comment

काठमाडौंमा तय भएको नेपाल र चाइनिज ताइपेइबीचको खेल स्थगित

७ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत आगामी मार्चमा नेपालमा तय भएको दुईमध्ये एउटा  खेलमात्र हुने भएको छ ।

समूह बी अन्तर्गत नेपाल र अष्ट्रेलिया बीचको खेल यसअघिकै तालिका अनुसार मार्च ३० मा (चैत १७ गते) दशरथ रंगशालामा हुनेछ ।

मार्च २५ मा (चैत १२ गते) चाइनिज ताइपेइसंग हुने खेल भने स्थगित भएको एसियाली फुटबल महासंघ एएफसीले जानकारी दिएको छ ।

कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण केही देशले आफ्नो देश बाहिर गएर नखेल्ने भएका हुन् । समूह बी का नेपालले ५ खेल खेल्दा जम्मा १ खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment