Comments Add Comment

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

धरान । ‘धरान १० के रन’ उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ सन्तोषी श्रेष्ठले तेस्रो पटक जितेकी छन् ।

शनिबार भएको नवौं प्रभु बैंक ‘धरान १० के रन’ मा महिलातर्फ सन्तोषीले निर्धारित १० किलोमिटरको दुरी ३८ मिनेट १० सेकेन्डमा पुरा गरिन् । आठौं साफ गेम्सकी स्वर्ण पदक विजेता श्रेष्ठले यसअघि चौथो र आठौंमा पनि महिलातर्फ उपाधि जितेकी थिइन् ।

४२ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै छेन्वीमाया राई दोस्रो हुँदा जुम्लाकी वन्दना बुढा तेस्रो स्थानमा रहिन् ।

पुरुषतर्फ नेपाली सेनाका गजेन्ऽ राई प्रथम भए । उनले निर्धारित दूरी ३२ मिनेट २१ सेकेण्डमा पूरा गरेका थिए । नेपाली सेनाकै टंकबहादुर कार्कीले ३३ मिनेट ५४ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र जितेन्ऽ दनुवारले ३४ मिनेटमा दूरी पूरा गर्दै तेस्रो भए ।

विजेता धावकहरुले क्रमशः ५०, ३० र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रनर अफ द इयरको पुरस्कार पुरुषतर्फ इन्डिस राई र महिलातर्फ छेन्वी राईलाई प्रदान गरिएको छ । आयोजकले पाकिस्तानमा रहेको विश्वको दोस्रो उच्च शिखर माउण्ट केटू हिमाल सफल आरोहण गरेर विश्व कीर्तिमान गरेका १० जनालाई पनि सम्मान गरेको छ ।

दार्जिलिङका मोटिभेस्नल स्पिकर प्रमिस भुटिया, गायक राजु लामा, पूर्व मिस नेपाल मलिना जोशीलाई पनि सम्मान गरिएको थियो । धरानको पुतलीलाइनबाट सुरु भएको धरान १० के रनमा यो वर्ष १४१ जनालाई मात्रै सहभागी गराएको अध्यक्ष रमु राईले बताए ।

गत वर्ष सम्पन्न आठौं संस्करणमा स्वदेश र विदेशका गरी ४ हजार धावक सहभागी भएका थिए । अध्यक्ष राईले भने ‘गएको वर्षहरुमा हामीले विभिन्न विधामा प्रतियोगिता गथ्र्यौं , तर यो वर्ष कोरोना महामारी अझै बाँकी रहेकाले महिला र पुरुषमा विधामा मात्रै सिमित गरेका छौं । अवस्था सामान्य भए अर्को वर्ष फेरि विविध विधामा गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment