Comments Add Comment

एनएनआईपीए अवार्ड : मन्देकाजी र गाैरिका वर्षका उत्कृष्ट खेलाडी

भक्तपुर । करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए अवार्डमा  मन्देकाजी पुरुष र गाैरिका महिलातर्फ उत्कृष्ट बनेका हुन् । दुवैले अवार्डसंगै नगद १-१ लाख प्राप्त गरे ।

यसैगरी प्रतिभावान खेलाडीको अवार्ड फुटबलका सुजल श्रेष्ठ र तेक्वान्दोकी आषशा शाक्यले प्राप्त गरे । दुवैले ५०-५० हजार पाए ।

यस्तै उदयीमान खेलाडीको अवार्ड गल्फका सुवास तामाङ र रेस्लिङकी संगिता धामीले प्राप्त गरे । दुवैले समान ५० हजार पाए ।

गजराज जोशी आदर्श खेल व्यक्तिव्त अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए । उनले पाएको नगद ३५ हजार पुरस्कार प्राप्त गरे । उक्त रकम उनले बाेसिगाँउ करातेलाई हस्तानतरण गरे ।

वर्ष २०७६ सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । त्यही २६ खेलाडीबाट बेस्ट प्लेअर, प्रतिभावान खेलाडी र उदयीमान खेलाडीको विजेता छनोट गरिएको हो ।

थिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहेका कार्यक्रम दुई पोखरीस्थित पोखरीमाथि स्टेज बनाइएको थियो ।

बेस्ट प्लेअर : मन्देकाजी श्रेष्ठ (कराते) , गौरिका सिंह (पौडी)

उदयीमान खेलाडी : संगिता धामी ( रेस्लिङ), सुवास तामाङ (गल्फ)

प्रतिभावान खेलाडी : आयशा शाक्य (तेक्वान्दो), सुजल श्रेष्ठ (फुटबल)

विभिन्न २६ खेलका उत्कृष्ट खेलाडीहरु 

आर्चरी : सनातन मल्ल

एथ्लेटिक्स : सन्तोषी श्रेष्ठ

ब्याडमिन्टन : रत्नजित तामाङ

बास्केटबल : अनुशा मल्ल

बक्सिङ : मिनु गुरुङ

क्रिकेट : अन्जली चन्द

साईक्लिङ : बुद्धि बहादुर तामाङ

फेन्सिङ : रविना थापा

फुटबल : सुजल श्रेष्ठ

गल्फ : सुवास तामाङ

ह्याण्डबल : कल्पना वली

जुडाे : देविका खड्का

कबड्डी : मेनुका कुमारी राजवंशी

कराते : मन्देकाजी श्रेष्ठ

खोखो : श्याम बुढाथोकी

लनटेनिस : प्रदिप खड्का

सुटिङ : कल्पना परियार

स्विमिङ : गौरिका सिंह

स्क्वास : बिपना ब्लोन

टेबलटेनिस : पुरुषोत्तम बज्राचार्य

तेक्वान्दो : आयशा शाक्य

ट्रायथलन : सोनी गुरुङ

भलिबल : कुल बहादुर थापा

भारोत्तोलन : विकास थापा

रेस्लिङ : संगिता धामी

उसु : जुनी राई

पारा एथलेट अवार्ड : केशव थापा (टेबलटेनिस)

बेस्ट स्पोर्टस जर्नालिस्ट अवार्ड : रोशन राउत

गजराज जोशी आदर्श खेल व्यक्तित्व अवार्ड : अकबर शाह (कराते प्रशिक्षक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment