Comments Add Comment

आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुनर्भरण परियोजना नेपाली सेनालाई हस्तान्तरण

१७ फागुन, काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द्रले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको राज दल गणलाई हस्तान्तरण गरेको छ ।  जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा एउटा समारोहका माझ राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको हो ।

पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुन भरण क्षेत्र हो जहाँ भूमिगत जल पुन भरण हुन्छ, जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।

ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए । यी इनारहरू मार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वाषिर्क परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तीन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो । भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।

साथसाथै, स्थानीय निकायहरू, नागरिक समाज सङ्गठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुन भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए।

काठमान्डु उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो । घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुङ्गे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ । हरेक मनसुनमा भूमिगत जल छिऽ रहेका माटोको सतह तथा पोखरीहरूमा भुईँमुनि वषर्ातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुन भरण हुन्छ ।

साथै नजिकै रहेका पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट सङ्कलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुन भरण र भूमिगत जलको तह कायम राख्न (वा बढाउन) योगदान गर्दछ । यद्यपि यो भूमिगत जल तालिका, दुई प्रमुख कारणले गर्दा खस्कँदो छ-प्राकृतिक पुन भरण क्षेत्रहरू बन्द गर्नाले र भूमिगत जलको अनियन्त्रित दोहन गर्नाले ।

सम्बन्धित संस्था वा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरूमा प्रवर्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुन भरण इनारहरूको निर्माण गरेर कृत्रिम पुन भरण प्रक्रिया मार्फत यो भूमिगत जल तालिकालाई कायम गर्न सकिन्छ । यो कार्य सामुदायिक पोखरीहरूलाई व्युताएर पनि गर्न सकिन्छ । भूमिगत जल पुन भरणले आँधीबेहरीका बखत आउने पानीको पनि व्यवस्थापन गर्दछ, जसले शहरी बाढीको न्यूनीकरण गर्दछ।

ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनले एकीकृत शहरी विकास केन्द्र, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाई आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना संचालन गरेकोमा धन्यबाद दिए ।

नेपालमा कोका-कोला कम्पनीका देशीय निर्देशक अम्बुज सिंहले भने, ‘हामीले हाम्रा पेय पदार्थमा प्रयोग गरेभन्दा धेरै पानी पुन भर्ने गर्नका लागि कोका-कोला कम्पनीले एउटा अग्रणी प्रतिबद्धता गरेको छ। पानीका स्रोतहरूको संरक्षण तथा पुन भर्नेर्े, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवर्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पुर्‍याउने हाम्रो जिम्मेवारी रहेको छ। शहरी तथा ग्रामीण समुदायहरूमा जल संरक्षण अभ्यासहरू तथा अन्य नवीनतम परियोजनाहरूलाई प्रोत्साहित गर्न र कार्यान्वयनलाई हाँक्नका लागि नेपालमा वाटरएडसँगको हाम्रो साझेदारीले गति लिँदै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment