Comments Add Comment

इन्टरलाई ६ अंकको अग्रता

२५ फागुन, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टरले एटलान्टालाई १-० ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।

मिलन स्क्रिनियरको एक मात्र गोलको मद्दतमा इन्टरले जित हात पारेको हो । स्क्रिनियरले ५४औं मिनेटमा निर्णायक गोल गरा थिए ।

जितपछि इन्टरले २६ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट एसी मिलानको ५६ अंक छ ।

सन् २०१० पछि पहिलो पटक लिग उपाधि जित्ने योजनामा रहेको इन्टरले पछिल्लो सात लिग खेल जितेको छ ।

उता एटलान्टाको लगातार चार खेलको जित यात्रा रोकिएको छ । २६ खेलबाट ४९ अंकसहित एटलान्टा पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment