Comments Add Comment

‘तिमीसँगै हुने मन छ’मा जोडिए नाजिर

निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायक नाजिर हुसेन पनि जोडिएका छन् । नाजिरलाई केही दिन अगाडि मात्र निर्माणपक्षले अनुवन्धित गरेको हो । यो चलचित्रमा मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाइले काम गर्ने पक्का भैसकेको छ ।

यसअघि यो चलचित्रका लागि नायक पल शाह र निराजन प्रधानको नाम चर्चामा थियो । तर, अब भने यी दुबै कलाकार यो चलचित्रमा नहुने पक्का भएको छ । नायक नाजिर हुसेन लकडाउनपछि म्यूजिक भिडियोमा व्यस्त छन् । म्यूजिक भिडियोमा चलिरहेका नाजिरले केही महिना अगाडि चलचित्र ‘चिलगाडी’ साइन गरेका थिए ।

यो पनि पढ्नुहोस ‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग मुम्बइका रोहितले रोमान्स गर्ने

ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा भारतीय प्राविधिकहरुले पनि काम गर्नेछन् । चलचित्रमा नाजिर अनुवन्धित भएसँगै कलाकारको मुख्य लाइनअप पूर्ण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment