Comments Add Comment

चितुवाको छालासहित चारजना पक्राउ

२५ फागुन, काठमाडौं । काठमाडौंको बल्खुबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका-४ का २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीको धनगढी उपमहानगरपालिका-१ का ३२ वर्षीय लोकेन्द्रबहादुर मल्ल, गोरखाको गोरखा नगरपालिका-२ का २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ का १९ वर्षीय सुजन बस्नेत रहेका छन् ।

विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट एक थान चितुवाको छाला, २ थान हड्डी र ११ थान दाँत बरामद भएको व्युरोले जनाएको छ ।

व्युरोका अनुसार पक्राउ परेका चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment