Comments Add Comment

भक्तपुरको तेलकोट बेसीमा आगलागी हुँदा एकघरमा क्षति

२५ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ तेलकोट बेसीस्थित एक घरमा मंगलबार आगलागी भएको छ ।

स्थानीय ९२ वर्षीया पाडासैनी तामाङको दुई तले ढुंगा माटोले बनेको घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको सक्रियतामा भक्तपुर, काठमाण्डौ, ललितपुरबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको गिरीले बताए । बिहान ८ बजेदेखि लागेको आगो बिहान १०:४५ बजे नियन्त्रणमा लिन सफल भएको उनले बताए । उनका अनुसार आगलागीबाट करिब ८ लाख ५४ हजार मूल्य बराबरको धनमानल जलेर नष्ट भएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने देखिए पनि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment