Comments Add Comment

मनोज भेटवालसहित ११० जनाविरुद्ध मुद्दा दायर

फाइल तस्वीर

२५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भेटवालसहित साविक मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारी, बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा लगायतविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

विभिन्न ११ वटा उजुरीका आधारमा ३८ करोडभन्दा बढी बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवाललाई पक्राउ गरेर अदालतमा बुझाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्यितारका अनुसार भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment