Comments Add Comment

सत्ता समीकरणबारे कसैसँग कुरा गरेका छैनौं : लक्ष्मणलाल कर्ण

२६ फागुन, काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सत्ता समीकरणका विषयमा कसैसंग कुराकानी नगरेको दावी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग उनले भने, ‘हामीले अहिले सत्ता समीकरणको कुनै कुरा कसैसंग गरेका छैनौं ।’

सरकारसंग वार्ता गर्न जनता समाजवादी पार्टीले कार्यदल नबनाएको पनि उनको जिकिर छ । ‘वार्ता गर्न कार्यदल बन्या छैन् । तर, हाम्रो जुन इस्यु हो त्यो इस्युका लागि सबै सरकारसंग आग्रह गर्दै आएका हौं र आज पनि गरेका हौं ।’

राजपाका नेताहरु कर्ण र सर्वेन्द्रनाथ शुक्लले मंगलबार नेकपा एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईसँग वार्ता गरेका थिए । उक्त वार्ता सत्ता समीकरणबारे नभएको भनी कर्णले प्रष्टिकरण दिएका हुन् ।

कर्णले आफूहरुले विगतदेखि नै उठाएको मुद्दा सम्बोधन नभएको बताए । सरकारमा नजाने ? भन्ने प्रश्नमा उनले भने, ‘हाम्रा जुन इस्यु छ, मुद्धा फिर्ताहरु, संविधान संशोधनहरु त्यो भइसकेपछि हामी सोच्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment