Comments Add Comment

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२६ फागुन, काठमाडौं । पश्चिम नवलपरासी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ निलोगेटमा लु १ च २७९४ नम्बरको गाडीको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षीय सूर्यनारायण काफ्ले रहेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका काफ्लेको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै झापाको दमक नगरपालिका–१ श्रेष्ठ चोकमा मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका सहचालक इलाम घर भएका २१ वर्षीय वसन्त राईको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको लागि लाईफलाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment