Comments Add Comment

कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

२६ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली गरिब नभई बनाइएको बताएका छन् । कुनै वेला मुलुककै सम्पन्न शाली कर्णालीको भूमी अहिले गरिबीको चपेटामा परेको उनको तर्क छ ।

सुर्खेतको बुलबुले उद्यानमा बुधबारबाट देखिसुरु भएको कर्णाली उत्सवको दोस्रो संसकरणमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली एउटा इतिहास नै भएकाले त्यही अनुसार बुझ्नुपर्ने धारणा राखे ।

‘कर्णालीको इतिहास विशाल छ, कर्णालीसँग आफ्नै विशेष भाषा छ, संस्कृति छ, संस्कार छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अहिले गरिबीको गीत गाइने कर्णाली कुनैवेला देशलाई नै खाद्यन्न दिन्थ्यो, कर्णाली गरिब थिएन्, गरिब बनाइयो ।’

मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने समेत धारणा राखे । ‘भो अब, कर्णाली पछि पारियो भनेर केन्द्रलाई गाली गर्न छाडौं,’ उनले भने, ‘कोही मान्छे दौडिएर फस्ट आउँछ भनेर म नदौडिएर मात्रै हो भनेर केही हुँदैन ।’

‘कर्णाली आफ्नै कारणले पनि पछि परेको हो, अब हामी आफ्नै कारणले अघि बढ्न सक्छौं,’ मुख्यमन्त्री शाहीले भने ।

कर्णालीको विगत अध्ययन गर्दा विगत कर्णाली के थियो ? त्यसको आर्थिक, सामाजिक, राजनीतिबारे थाहा हुने उनले बताए । ‘हिजो सुनैसुन लगाउने कर्णाली, तामाको भाँडामा सामान राख्ने कर्णाली, अहिले किन प्लास्टिकका भाँडा खोज्ने भयो ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment