Comments Add Comment

केदार संकेतको ‘अफगानी रणमैदान’ बजारमा

२७ फागुन, काठमाडौं । युद्धको प्रतिविम्ब उतारिएको केदार संकेतको उपन्यास ‘अफगानी रणमैदान’ सार्वजनिक भएको छ ।

बुधबार समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, साहित्यकार रोचक घिमिरे, इल्या भट्टराई, प्रा.डा. कुमार कोइराला, श्रीओम श्रेष्ठ रोदन, तथा साहित्यकार नेत्र एटमले पुस्तक सार्वजनिक गरेका हुन् ।

श्रीओम श्रेष्ठ रोदनले लेखक केदार युद्ध साहित्य तथा यात्रा साहित्य लेख्नमा कुशल रहेको बताए । उनले उपन्यासले त्यही धरातललाई टेकेर युद्ध साथै यात्राको अनुभूति गराउने बताए । यस्तै नेत्र एटमले उपन्यासमा लेखकले घटना तथा स्थानको फोटो, चिठी समेत समावेश गरेर लेखनलाई झनै तथ्यपरक बनाएको बताए ।

प्रमुख अतिथि समेत रहेका साहित्यकार रोचक घिमिरेले भने गोरखाली अफिसर भई प्रत्यक्ष अफगानिस्थानमा युद्ध लडेको अनुभूतिलाई उपन्यासको रुपमा नेपाली पाठकलाई दिनु निकै महत्वपूर्ण कार्य भएको बताए । प्रा.डा. गोविन्दराज भट्टराईले यो उपन्यासलाई नेपालीले लेखेको विश्व साहित्यको रुपमा लिनुपर्ने बताए ।

कर्मभूमि अफगानिस्तानबाटै अडियो रेकर्डद्धारा लेखक केदार सङ्केतलेसत्यलाई समातेर आफूले उपन्यास तयार पारेको सन्देश सुनाए । उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment