Comments Add Comment

एकै खेलमा दुई शतक, आर्मीमाथि बागमतीको रोमाञ्चक जित

२७ फागुन, काठमाडौं । काठमाडौं मेयर्स कप अन्तर्गत लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई विभागीय टोली त्रिभुवन आर्मीलाई १० रनले पराजित गरेको छ ।

त्यसअघि मूलपानी मैदानमा भएको खेलमा काठमाडौं मेयर ११ लाई  पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेपछि बागमती र आर्मीबीचको खेलको नतिजा जे आएपनि फरक पर्ने थिएन ।

प्रतियोगिताकै धेरै रन बनेको खेलमा बागमतीले पहिले ब्याटिङ गर्दै २६६ रन बनाएको थियो । जवाफमा आर्मी ४७.१ ओभरमा २५६ रनमा अलआउट भयो ।

बागमतीका लागि पारस खड्काले ११९ रन बनाए । आर्मीका लागि कप्तान विनोद भण्डारीले पनि ११९ रन नै बनाए, तर जितका लागि पर्याप्त भएन । यस्तै आर्मीका सोमपाल कामीले ५ विकेट लिए ।

काठमाडौंका स्पीनर अरियो पौडेलले पनि ५ विकेट लिए । अरियोको प्रदर्शन बागमतीलाई जिताउन सहयोगी बन्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । ९६ बलमा शतक पूरा गरेका विनोदले ११४ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । यस्तै लोकेश बमले ४६, करण केसीले २४ र  रोहित पौडेल १५ रनमा आउट भए ।

बागमतीका आरियो पौडेलले ८.१ ओभरमा ४६ रन खर्चेर ५ विकेट लिए । उनले आर्मीका जितेन्द्र मुखियालाई अन्तिम विकेटका रुपमा एलबीडब्लु धरापमा पारेका थिए । रामनरेश गिरीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.४ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो । बागमतीका लागि पारस खड्काले ११९ रन बनाए । १२२ बलमा शतक पूरा गरेका पारसले कुल १३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे ।

यस्तै नन्दन यादवले अविजित रहँदै ४२ रन बनाए । यादवले २५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले २६ र आदील खानले २१ रन बनाए । आर्मीका सोमपाल कामीले १० ओभरमा ६५ रन खर्चेर ५ विकेट लिए  यस्तै । विक्रम सोब, जितेन्द्र मुखिया, शाहब आलम र करण केसीले १-१ विकेट लिए ।

यस जितपछि बागमतीले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । सुरुवाती दुई खेलमा नेपाल पुलिस क्लब र काठमाडौं मेयर ११ सँग पराजित भएको बर्मीले त्यसयता उपाधि दाबेदार बलिया टोली एपीएफ र आर्मीलाई पराजित गरेको हो ।

बागमती चार खेलबाट ४ अंक जोड्दै तेस्रो भयो । उता आर्मीले भने चारमध्ये एक खेल मात्र जित्न सक्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment