Comments Add Comment

सदिश प्रधानले राजस्थान बास्केटबल लिग खेल्ने

फाइल तस्वीर

२८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदिश प्रधानले भारतको जयपुरमा हुने राजस्थान बास्केटबल लिग (आरबीएल) खेल्ने भएका छन् ।

यही मार्च १४ देखि २१ सम्म हुने लिगका लागि सदिश शुक्रबार नै भारत प्रस्थान गरेका छन् । प्रतियोगिताको फाइनल मार्च २१ मा हुनेछ ।

मार्च १४ सम्म खेलाडीहरुको ट्राई आउट हुने र त्यसपछि ड्राफ्टमा समावेश गरिने सदिशले बताए ।

आफ्नो नाम भने सिधै ड्राफ्टमा समावेश रहेको सदिशले अनलाइनखबरलाई बताए । ‘मेरो नाम ड्राफ्टमा समावेश भइसकेको छ । तर कुन टिममा समावेश हुने भन्ने आयोजकलाई भेटेपछि थाहा हुनेछ ।’ प्रधानले भने ।

राजस्थान बास्केटबल लिगको यो दोस्रो संस्करण हो । उनी पहिलो पटक भारतमा खेल्न गएका हुन् । नेपाली बास्केटबलका लागि यो राम्रो अवसर हुने सदिशको विश्वास छ । सदिशले यसअघि बंगलादेशमा पनि खेलेका थिए ।

सदिशकै कप्तानीमा नेपालले गत वर्ष नेपालमै भएको १३औं सागमा कास्य जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment