Comments Add Comment

‘कृष्ण लीला’मा पुष्पको यस्तो गेटअप

चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक भएको छ । २ वटा गीत सार्वजनिक गरेपछि यसको फस्टलुक रिलिज गरिएको हो । चलचित्रको फस्टलुकमा नायक पुष्प खड्कालाई मात्र देख्न सकिन्छ । फस्टलुकमा पुष्पको गेटअप फरक छ । यसले दर्शकमा कौतुहलता पैदा गर्न सक्छ ।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय अत्याधिक माग भएका नायक खड्का अभिनयमा अब्बल मानिन्छन् । उनै, पुष्प यो चलचित्रबाट आफू आशावादी रहेको बताउँछन् । चलचित्रमा नायिका श्रद्धा क्षेत्रीको पनि मुख्य भूमिका छ ।

चैत्र २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई दिपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ निर्माताको रुपमा छन् । चलचित्रमा सह–निर्माता प्रितम आचार्य र रोजन श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment