+
+

एनएमबिको क्युआर कोडबाट विराटनगरको फलफूल तथा गुद्री बजार कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १७:१५

एनएमबि बैंकले सब्जी फलफूल तथा गुद्री बजार, विराटनगरमा क्यूआर कोड मार्फत नगदरहित भुक्तानी शुभारम्भ गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले गुद्री बजार, विराटनगरमा क्यूआर कोड भुक्तानी शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, विराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राखेका थिए भने गर्भनर अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।

साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्र बिन्दुमा राखेर सहकार्य गर्दै आएको बैंकले जनाएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकको दाबी छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?