Comments Add Comment

फ्रेन्डसिप क्रिकेट : उपाधिका लागि ग्रेट हिमालय र एन्जल्स भिड्ने

२८ फागुन, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचनलाई ३ विकेटले पराजित गर्‍यो ।

पहिले ब्याटिङ गरेको हाम्रो किचनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । प्रमोद सिंगमले २७ रन बनाए । यस्तै सुभम अग्रवालले १७ रन जोड्दा निखिल गोयलले १५ रन बनाए ।

ग्रेट हिमालयका विज्ञान राज गौतमले २ विकेट लिए । हाम्रो किचनले दिएको १ सय ६९ रनको लक्ष्य ग्रेट हिमालयले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । ग्रेट हिमालयको जितमा सुशान्त तिमल्सिनाले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

दोस्रो सेमिफाइनलमा एन्जल्स हार्टले बल पार्कलाई १९ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको एन्जल्स हार्टले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । उसका लागि दिनेश पुनले ३१ रन बनाए । दिपेश अधिकारीले २९ रन जोडे ।

बल पार्कका संगमले ३ विकेट लिए । एन्जल्सले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बल पार्क अलआउट हुँदै १ सय ६१ रनमा समेटियो । उसका लागि प्रशन्न शाक्यले सर्वाधिक ४० रन बनाए ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment