Comments Add Comment

पत्रकार धर्मेन्द्र झालाई सूचनाको अधिकार पुरस्कार

२८ फागुन, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार धर्मेन्द्र झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरेको छ ।

सूचनाको हकको क्षेत्रमा लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई शुक्रबार षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद ५१ हजार रुपैयाँ छ ।

त्यस्तै सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी १५ हजार रुपैयाँ छ ।

नेपाल पत्रकार महासंघ मोरङले प्रत्येक वर्ष राष्ट्रिय स्तरमा षष्टिका बस्नेत सूचनाको अधिकार पत्रकारिता पुरस्कार र प्रदेश स्तरमा सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ ।

शुक्रबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयूक्त रुपमा पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment